काठमाडौ । मंगलबार देशभर कोरोना भाइरस (कोभिड–१९) बाट २ सय ८८ संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ हजार ९९ पुगेको छ । जसमा पुरुष १९४९ र महिला १५० रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा २ सय ८८ संक्रमित थप भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । जसमा २७० जना पुरुष र १८ जना महिला रहेका छन् ।उनीहरूमध्ये काठमाडौंका ४ र भक्तपुरका १ जनासमेत छन्।
बुधबार थप दुई जिल्लामा कोरोना संक्रमण फैलिएको छ । यो सहित ६१ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।
पिसिआरबाट ७५ हजार ३ सय ४३ र आरडिटीबाट १ लाख १६ हजार ३ सय ४८ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यस्तै आइसोलेसनमा १ हजार ८ सय २५ जना रहेका छन् भने क्वारेन्टाइन बस्नेको संख्या १ लाख ४५ हजार ३७५ पुगेको छ । क्वारेन्टाइनमा बस्ने सबै भारतबाट आएका छन् ।
संक्रमण पुष्टि भएकाहरुमध्ये हालसम्म २ सय ६६ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । आज ४५ जना डिस्चार्ज भई घर फर्किएका छन् । पुरुष ११२ र महिला ५४ जना रहेका छन् ।
त्यस्तै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । आजसम्म सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरामा एक/एक गरी ८ जनाको मृत्यु भइसकेको छ ।