Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

दैनिकी न्यूज

२१, जेठ २०७७
सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु
images

काठमाडौं । कालीकोट, मकवानपुर, झापा, धनुषा र सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी ५ जनाको मृत्यू भएको छ ।

कालिकोट, नरहरीनाथ गाउँपालिका–१ लालीघाटस्थित सडकमा कर्णाली प्रदेश ०२–००१ ज ००३० नम्बरको जीप अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा जीप चालक रास्कोट नगरपालिका(१ बस्ने ४५ वर्षीय डबल बहादुर साहीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका जीपमा सवार नरहरीनाथ गाउँपालिका-३ बस्ने ५० वर्षीय पुर्ण प्रसाद उपाध्यायलाई उपचारको लागि जिल्ला अस्पताल कालिकोटतर्फ लगिएको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका–६ चौघडास्थित सडकमा बा २ क ७११० नम्बरको ट्रकले अनटेष्ट लेखिएको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिंदा स्कुटर चालक सोही ठाउँ बस्ने ४८ वर्षीय श्याम फुल बलामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा, गौरादह नगरपालिका–१ स्थित सडकमा मे १ त १९३२ नम्बरको ट्याक्टरको चक्काले किच्दा सोही ट्याक्टरका चालक गौरीगंज गाउँपालिका–१ तुलाचन बस्ने २७ वर्षीय जितु राजबंशीको मंगलबार दिउँसो मृत्यु भएको छ । उक्त स्थानमा बिग्रिएको मे १ त १९३२ नम्बरको ट्याक्टरलाई तानेर लैजाने क्रममा आफूले चलाएको ट्याक्टरको सिटबाट झर्दा चक्काले किचेर गम्भीर घाइते भएका राजबंशीको उपचारको लागि दमक लाईफ लाईन अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुवै सवारी साधन र मे १ त ४१६१ नम्बरको ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा, मिथिला नगरपालिका–११ चुरेस्थित सडकमा बा. ४३ प ३८९७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका तुल्सी बस्ने २५ वर्षीय उमेश परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ स्वस्तिक अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको हो ।

सर्लाही, ईश्वरपुर नगरपालिका–५ फुलजोरस्थित सडकमा ना ८ ख ३०९३ नम्बरको टिपर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका टिपरका सहचालक सोही नगरपालिका(७ बस्ने २३ वर्षीय सुजन दनुवारको उपचारको लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका टिपरका चालकलाई त्रिदेब अस्पताल रानीगंज सर्लाही हुँदै थप उपचारको लागि न्यूरो अस्पताल वीरगंज रिफर गरिएको छ । उक्त टिपर ना ४ त ४१२५ नम्बरको ट्याक्टरसँग ठक्कर खाई अनियन्त्रित भई दुर्घटना भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

images
प्रकाशित मिति :जेठ २१, २०७७ बुधवार - १३:२२:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology