Logo

आइतवार, श्रावण २४ गते २०८३

images

तीन जना डुबेर मृत्यु

तीन जना डुबेर मृत्यु

दैनिकी न्यूज

२१, जेठ २०७७
तीन जना डुबेर मृत्यु
images

काठमाडौं । डोल्पा, चितवन र सल्यानमा ३ जा डुबेर मृत्यू भएका छन् ।

डोल्पा, ठुलीभेरी नगरपालिका–९ स्थित मोतिपुर भेरी नदीमा डुबेर ३ जना बालिकाको मंगलबार दिउँसो मृत्यु भएको छ । गाई चराउन गएकोमा अवस्थामा सोही ठाउँ बस्ने १२ वर्षीया, ११ वर्षीया र १० वर्षीया बालिकालाई भेरी नदीले बगाउँदै गरेको देखि स्थानीय प्रहरीले २ जना बालिकालाई उद्दार गरी उपरचारको लागि जिल्ला अस्पताल पठाएकोमा उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो भने १ जना बालिकाको घटनास्थलबाट करिब ५ किलोमिटर टाढा त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित भेरी नदीमा शव फेला परेको हो ।

चितवन, भरतपुर महानगरपालिका–१ नारायणी नदीमा डुबेर सोही महानगरपालिका–२ बालकुमारी चोक बस्ने ५३ वर्षीया रामकुमारी अधिकारीको मंगलबार दिउँसो मृत्यु भएको छ । नदीको किनारमा पूजा गर्ने क्रममा नदीले बगाउँदा तत्कालै उद्दार गरी उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुरमा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

सल्यान, कालिमाटी गाउँपालिका–६ हात्तिढुङगा बस्ने ४० वर्षीय मनबिर बुढा घर नजिकै रहेको बबई नदीमा डुबेर मंगलबार साँझ मृत्यु भएको छ । माछा मार्न गएको अवस्थामा जाल निकाल्ने क्रममा नदीमा डुबेर उनको मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ २१, २०७७ बुधवार - १३:३०:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology