Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बुधबार २ सय १ जनामा कोरोना पुष्टि,संक्रमित २३ सय पुगे, हालसम्म ९ को मृत्यू

बुधबार २ सय १ जनामा कोरोना पुष्टि,संक्रमित २३ सय पुगे, हालसम्म ९ को मृत्यू

दैनिकी न्यूज

२१, जेठ २०७७
बुधबार २ सय १ जनामा कोरोना पुष्टि,संक्रमित २३ सय पुगे, हालसम्म ९ को मृत्यू
images

काठमाडौ । बुधबार देशभर कोरोना भाइरस (कोभिड–१९) बाट २ सय १ जना संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २३ सय पुगेको छ । जसमा पुरुष २१३० र महिला १७० रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा २ सय १ संक्रमित थप भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । जसमा १८९ जना पुरुष र २२ जना महिला रहेका छन् । 

थपिएका नयाँ संक्रमितहरुमा धनकुटा र सप्तरीका १/१ जना, ताप्लेजुङका ३, पाँचथरका १ , पर्साका ७ , दैलेखका १ , सल्यानका ३ , मोरंङ र झापाका २/२ , तेह्रथुमका १ र सुनसरीका ८ जना रहेका छन् ।

त्यसैगरी कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९, पाल्पाका २ , रुपन्देहीका २६ , महोत्तरीका ९ , दैलेखका ६ , कालिकोटका ७ , दाङका ८ , प्युठानका २ , धनुषाका १ जना, काठमाडौँ मेडिकल कलेज र टोखाका गरी ३ जना, नवलपरासीका ८ , रौतहटका ११ , रुपन्देहीका १, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता देवकोटाले बताए ।

पिसिआरबाट ९० हजार २ सय ६७ र आरडिटीबाट १ लाख २० हजार ३ सय ७९ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

बुधबार थप ३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । यो सहित ६४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

संक्रमण पुष्टि भएकाहरुमध्ये हालसम्म २ सय ७८ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । आज १२ जना डिस्चार्ज भई घर फर्किएका छन् । पुरुष १२२ र महिला ५६ जना रहेका छन् ।

त्यस्तै आज दोलखाका एक व्यक्तिको कोरोनाबाट मृत्यू भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । यसभन्दा अघि सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरामा एकरएक गरी ८ जनाको मृत्यु भइसकेको छ ।

images
प्रकाशित मिति :जेठ २१, २०७७ बुधवार - १६:५०:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology