Logo

आइतवार, श्रावण २४ गते २०८३

images

क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण, दुई जना घाइते

क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण, दुई जना घाइते

दैनिकी न्यूज

२१, जेठ २०७७
क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण, दुई जना घाइते
images

रौतहट । रौतहटको राजपुर नगरपालिकामा स्वास्थ्यकर्मी कुटिएका छन् । राजपुर नगरपालिका वाड नंं ९ बैरियास्थित मदरसाकोे क्वारेन्टिनमा बसेकाहरुले २ जना स्वास्थ्यकर्मी कुटपिट गरेका हुन् ।

कुटपिटबाट राजपुर नगरपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक तथा सिनियर अहेव शेख खुसैद र स्वास्थ्यकर्मी र राम नरेश साह घाइते भएका छन् ।

उनीहरुको टाउकोमा चोट लागेको छ । कोरोना भाइरसको पिसिआर रिपोर्ट निगेटिभ आउँदा पनि घर नपठाएको भन्दै क्वारेन्टिनमा बसेकाहरुले स्वास्थ्यकर्मीलाई कुटेको हुन् ।

उक्त क्वारेन्टीनमा रहेका मध्ये १ सय ८४ जनाको पिसिआर रिर्पोट निगेटिभ आएपछि उनीहरुलाई क्वारेन्टिनबाट निकाल्नको लागि आरडिटी टेष्ट गरिएको थियो ।

आरडिटी टेष्ट गर्दा निगेटिभ आएकाहरुलाई मात्रै घर पठाउने निर्णय भए अनुसार परिक्षण शुरु गरेको र केही ब्यक्तिको रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि एक्कासी आक्रमण गरेको हो ।

images
प्रकाशित मिति :जेठ २१, २०७७ बुधवार - १९:५४:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology