Logo

सोमवार, श्रावण २५ गते २०८३

images

लकडाउनमा तस्करलाई सहयोग गर्ने ४ प्रहरी निलम्बित

लकडाउनमा तस्करलाई सहयोग गर्ने ४ प्रहरी निलम्बित

दैनिकी न्यूज

२१, जेठ २०७७
लकडाउनमा तस्करलाई सहयोग गर्ने ४ प्रहरी निलम्बित
images

जनकपुरधाम । प्रदेश २ का चार जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् ।

लकडाउनका बेला तस्करलाई सहयोग गरेको अभियोगमा प्रहरी सहायक निरीक्षक राजाराम ठाकुर, प्रहरी हवल्दार विजय साह र चुनरमण चौरसिया र प्रहरी जवान अरुण तिवारी निलम्बनमा परेका हुन् ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले प्रहरीको आचारण विपरितको कार्य गरेपछि कारबाही गरिएको बताए ।

उनीहरू सर्लाही जिल्लाको विष्णु गाउँपालिकास्थित बबाल दोहन प्रहरी चौकीमा कार्यरत थिए ।

images
प्रकाशित मिति :जेठ २१, २०७७ बुधवार - २०:५२:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology