Logo

आइतवार, श्रावण २४ गते २०८३

images

लकडाउनु मोडालिटी परिवर्तन गर्न मन्त्रिपरिषद् बैठक बस्दै

लकडाउनु मोडालिटी परिवर्तन गर्न मन्त्रिपरिषद् बैठक बस्दै

दैनिकी न्यूज

२२, जेठ २०७७
लकडाउनु मोडालिटी परिवर्तन गर्न मन्त्रिपरिषद् बैठक बस्दै
images

काठमाडौं । लकडाउनका कारण दिनानु दिन धरासायी बन्दै गएका अर्थतन्त्र र जनजीवन सहज बनाउन लकडाउनको मोडालिटीबारे चर्चा चलिरहँदा बिहीबार लकडाउन मोडालिटी परिवर्तन गर्न मन्त्रीपरिषद बैठक बस्ने भएको छ ।

सरकारले कोरोनाभइरस रोकथाम र नियन्त्रणका लागि अपनाएको लकडाउनको मोडालिटी परिवर्तन गर्ने र त्यसबारे निर्णय गर्न बिहीबार अपरान्ह ४ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत ११ चैतदेखि लगातार लकडाउन गर्दै सवारीसाधन चलाउन तथा अत्यावश्यक कामबाहेक घर बाहिर निस्कनसमेत प्रतिबन्ध गर्दै आएपछि पछिल्लो दिनमा सर्वसाधारण समस्यामा पर्न थालेका छन् ।


बुधबारमात्रै प्रधानमन्त्रीले बिभिन्न बिज्ञहरूसँग लकडाउन र देशको अहिलेको परिश्थितीबारे परामर्श गरेका थिए । बुधबार गरेकै परामर्श अनुरूप आन्तरीक राजस्व विभागले कर विवरण र कर तिर्न गरेको जठ २५ गतेसम्मको ताकेतासमेत समय लम्ब्याइसकेको छ ।

सरकारले पछिल्लो पटक आगामी जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरेको छ । चैत ११ यता लगातारको लकडाउनले मानिसहरुको जनजीवन प्रभावित हुनुका साथै आर्थिक गतिविधिमा समेत असर गरेकाले यसको मोडालिटी परिवर्तन गर्न सर्वसाधारणको माग र विज्ञहरुको सुझाव रहँदै आएको छ ।

images
प्रकाशित मिति :जेठ २२, २०७७ बिहिवार - ०९:४१:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology