काठमाडौं । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठक बसिरहेको छ ।
उद्योगी तथा व्यवसायीहरुले लकडाउन उल्लघंन गर्दै व्यवसाय सञ्चालन गर्न थालेपछि जिल्ला समन्वय समिति काठमाडौंको हलमा आकस्मिक बैठक बसिरहेको हो ।
बैठकमा काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओसहित सुरक्षा निकाय र स्थानीय तहका पदाधिकारहरुको समेत सहभागिता रहेको स्रोतले बतायो ।
लकडाउनले जनजीवन कठिन बनाएको भन्दै बिहीबारदेखि मुलुकका विभिन्न ठाउँहरुमा पसलहरु खुल्न थालेका छन् । बिहीबार काठमाडौंको न्युरोडमा रहेका केही पसलहरु पनि खुलेका छन् ।