काठमाडौँ । उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले राजधानीमा बन्दाबन्दी खुकुलो बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेका क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) र उच्चस्तरीय समितिमा सिफारिस गरेको छ ।
विद्यालय, विश्वविद्यालय, सिनेमा हल, पार्टी प्यालेस, हवाई सेवा, सभा, सम्मेलनजस्ता क्षेत्रलाई पूर्ण रुपमा नियन्त्रण गरी अन्यलाई स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गर्नु दिनु पर्ने निर्णय भएको बैठकमा सहभागी एक अधिकारीले बताए ।
चैत ११ गतेदेखि लगाइएको बन्दाबन्दीका कारण अत्यावश्यक सेवा बाहेकका उद्योग, कलकारखाना तथा बजार पूर्ण रुपमा ठप्प छन् । उक्त बन्दाबन्दी जेठ ३२ गतेसम्म जारी रहेको छ ।
प्रशासनले लकडाउनको विकल्प नखोजे अवज्ञा गरेर एकतर्फी व्यवसाय चलाउने चेतावनी व्यवसायीले दिएपछि प्रशासन बाध्य भएर लकडाउनलाई खुकुलो बनाउने निष्कर्षमा पुगेको हो ।
बैठकमा काठमाडौँ, भक्तपुर र ललितपुरका सिडिओसहित चारवटै सुरक्षा निकायका जिल्ला प्रमुख, जिल्ला समन्वय समिति र स्थानीय तहका पदाधिकारहरु समेत सहभागी रहेको बताइएको छ ।