Logo

आइतवार, श्रावण २४ गते २०८३

images

दैलेखमा एकै दिन १०५ जनामा कोरोना पुष्टि

दैलेखमा एकै दिन १०५ जनामा कोरोना पुष्टि

दैनिकी न्यूज

२२, जेठ २०७७
दैलेखमा एकै दिन १०५ जनामा कोरोना पुष्टि
images

काठमाडौं । कर्णाली प्रदेशमा आज थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन १०६ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

थपिएका मध्ये दैलेखको नारायण नगरपालिकाका ६४ पुरुष र ५ महिला छन् । देवलकाँडाका १२, सोतका ९, मानटाकुराका ७, भगनीका ५, साडुका २ र बासकोटमा १ सहित १०५ जना संक्रमित दैलेखका छन् ।

त्यस्तै मुगुको खत्याडका एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका प्रमुख विवेक पुनमगरले विज्ञप्तिमार्फत् यसको जानकारी दिएका हुन् । यो सहित अब कर्णालीमा २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

1.jpg

images
प्रकाशित मिति :जेठ २२, २०७७ बिहिवार - १५:२९:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology