रौतहट । रौतहटमा बिहीबार एकैदिन ६५ जनामा कोरोना भाईरसको संक्रमण थपिएसंगै जिल्लामा संक्रमितको संख्या ३ सय ८३ पुगेको छ । ३ जना महिला र ६२ जना पुरुषमा कोरोना भाईरसको संक्रमण देखिएको हो ।
आज देखिएको संक्रमित सबैको स्वास्थ्य अबस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन । कोरोनाको संक्रमण देखिएकाहरु लाई जिल्लाकै बिभिन्न स्थानको आईसोलेसनकक्षमा राखिनेछ ।