काठमाडौ । बिहीबार देशभर कोरोना भाइरस (कोभिड–१९) बाट ३ सय ३४ जना संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २६ सय ३४ पुगेको छ । जसमा पुरुष २४५० र महिला १८४ रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ३ सय ३४ संक्रमित थप भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । जसमा ३१९ जना पुरुष र १५ जना महिला रहेका छन् ।
नियमित मिडिया ब्रिफिङमा देवकोटाले दिएको जानकारी अनुसार संक्रमित हुनेमा दैलेखका ११३, बाँकेका ४२, कपिलवस्तुका २९, मोरङका २, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सप्तरीका १३, बाराका ७, सिन्धुलीका १, म्याग्दीका १, बागलुङका १०, पर्वतका ४, स्याङ्जाका १, डोटीका ३, दाङका १५ र मुगुका १ जना संक्रमण देखिएको हो । त्यसैगरी खोटाङका ३, बाराका ५, धनुषाका ६, महोत्तरीका ३, रौतहटका ६४, सर्लाहीका ३ जना रहेका छन् ।
पिसिआरबाट ८४ हजार १ सय ३४ र आरडिटीबाट १ लाख २५ हजार ५ सय ६४ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ६१ हजार २६२ रहेका छन् । त्यसैगरी आइसोलनमा रहनेको संख्या २ हजार ३३५ जना रहेका छन् ।
बिहीबार थप १ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । यो सहित ६५ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
संक्रमण पुष्टि भएकाहरुमध्ये हालसम्म २ सय ९० जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । आज १२ जना डिस्चार्ज भई घर फर्किएका छन् । पुरुष २३४ र महिला ५६ जना रहेका छन् ।
आज पाल्पामा एक जनाको मृत्यू भएको छ । योसँगै १० जना कोरोनाबाट मृत्यू भएको छ । यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखामा एक/एक गरी ९ जनाको मृत्यु भएको छ ।