Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

कोरोनाले मृत्यु हुनेको संख्या १० पुग्यो

कोरोनाले मृत्यु हुनेको संख्या १० पुग्यो

दैनिकी न्यूज

२२, जेठ २०७७
कोरोनाले मृत्यु हुनेको संख्या १० पुग्यो
images

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

भारतबाट ५ दिनअघि आएका पाल्पाका एक ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

उनी पाल्पाको पूर्वखोला गाउँपालिकाका हुन् । उनी भारतबाट पाँच दिन अगाडि नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा स्वासप्रश्वाससम्बन्धी समस्या आएपछि उनलाई तीन दिनअघि मिसन अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमै उनको मंगलबार मृत्यु भएपछि संकलन गरिएको स्वाबको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखामा एक/एक गरी ९ जनाको मृत्यु भएको थियो ।

 

images
प्रकाशित मिति :जेठ २२, २०७७ बिहिवार - १७:०३:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology