Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बन्दाबन्दीमा बजार नखुल्ने

बन्दाबन्दीमा बजार नखुल्ने

दैनिकी न्यूज

२३, जेठ २०७७
बन्दाबन्दीमा बजार नखुल्ने
images

काठमाडौँ । अर्को निर्णय नभएसम्मका लागि राजधानीभित्र बन्दाबन्दीको बीचमा बजार खोल्न नदिने निर्णय भएको छ ।

उपत्यका भित्रका काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बिहीवार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । कोरोनाा भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चैत ११ यता निरन्तर बन्दाबन्दी हुँदै आएको छ । अत्यावश्यक वस्तुु तथा सेवाबाहेक बजार पसल खुल्न नसकेपछि व्यवसायीले बजार खोल्न दबाब दिँदै आएका छन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भन्नुभयो सरकारले अर्को निर्णय नगरेसम्म बन्दाबन्दीमा बजार तथा पसल खोल्न मिल्दैन त्यसका लागि सरकारको निर्णय नै आउनुपर्छ ।

यस विषयमा नेपाल च्याम्बर अफ कमर्स र व्यापारीसँंग छलफल समेत भइरहेको जानकारी दिँदै उहाँले व्यापारी पनि अर्को निर्णय नआएसम्म पसल नखोल्ने कुरामा सहमत देखिएको जानकारी दिनुुभयो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले व्यापार व्यवसाय सञ्चालनका सम्बन्धमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा छलफल पछि मात्र यो विषयको प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।

आन्तरिक राजस्व विभागले कर लगायत विभिन्न शुल्क चुक्ता गर्न ताकेता गरेसँंगै व्यापारी बन्दाबन्दीका बीचमा पनि बजार तथा पसल खुलाउन बाध्य भएका छन् । बिहीबार बिहान न्यूरोड, असन, खिचापोखरी र इन्द्रचोक लगायतका क्षेत्रमा फाट्टफुट्ट पसल खुलेका थिए । महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहीको नेतृत्वको प्रहरी टोलीले पसल बन्द गराएको थियो । केही दिनलाई पर्खिन आग्रह ग¥यौँ –उहाँले थप्नुभयो । बिहान खुले पनि दिउँसोबाट सबै पसल बन्द छन् ।

गोखापत्र दैनिकमा देवबहादुर कुुँवरले लेखेका छन् ।

images
प्रकाशित मिति :जेठ २३, २०७७ शुक्रवार - ०६:११:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology