Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कारोनाबाट ११ औं व्यक्तिको मृत्यू

कारोनाबाट ११ औं व्यक्तिको मृत्यू

दैनिकी न्यूज

२३, जेठ २०७७
कारोनाबाट ११ औं व्यक्तिको मृत्यू
images

सुर्खेत । सुर्खेतमा कोरोना संक्रमणका कारण एक जना युवाको मृत्यु भएको छ । क्वारेन्टीनमा बसेर आरडीटी परीक्षणमा नेगेटिभ रिर्पोट आएपछि बुधबार उनी घर फर्किएका थिए । तर उनको बिहीबार एक्कासि मृत्यु भएको थियो ।

उनी घर फर्किएपछि गाउँमै रहेको सामुदायिक भवनमा बसेको र उनको त्यही मृत्यु भएको हो । एक हप्ता परिवारसँग टाढा भएर बस्न सुझाव दिएपछि उनीसहित पाँच जना सोही भवनमा बसेका थिए । उनी पञ्चपुरी नगरपालिका वडा १ हाँसे गाउँका २० बर्षिय युवा हुन । उनी जेठ ७ गते भारतबाट फर्किएर जनता मावि विद्यापुरको क्वारेन्टीनमा बसेका थिए । उनको मृत्यु भएपछि बिहिबार स्वाव संकलन गरेर पिसिआर परीक्षणका लागि वीरेन्द्रनगर ल्याइएको थियो ।

यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा र पाल्पामा एक÷एक गरी १० जनाको मृत्यु भएको थियो ।

 

images
प्रकाशित मिति :जेठ २३, २०७७ शुक्रवार - ०९:४५:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology