Logo

आइतवार, श्रावण २४ गते २०८३

images

विदेशमा अलपत्र नेपालीलाई राख्न ललितपुरमा ३ ‘होल्डिङ सेन्टर’ तयार

विदेशमा अलपत्र नेपालीलाई राख्न ललितपुरमा ३ ‘होल्डिङ सेन्टर’ तयार

दैनिकी न्यूज

२३, जेठ २०७७
विदेशमा अलपत्र नेपालीलाई राख्न ललितपुरमा ३ ‘होल्डिङ सेन्टर’ तयार
images

ललितपुर । विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न उपत्यकामा ७ ‘होल्डिङ सेन्टर’ तयार गरिएका छन् । ती मध्ये ३ वटा ललितपुरमा तयार गरिएको छ ।

CMC (5).jpg

विदशेबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टाइन वा सेल्फ क्वारेन्टाइनमा नजाँदासम्म बस्ने स्थान (होल्डिङ सेन्टर) ललितपुरमा ९ सय क्षमताको बनाइएको छ । सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली शुक्रबारदेखि नेपाल फर्काउँदैछ ।

CMC (3).jpg

ललितपुरमा २ होल्डिङ सेन्टर आवश्यक पर्दा प्रयोग गर्ने गरी तयारी अवस्थामा राखिएको छ । एउटा जगेडाको रुपमा राखिएको राजदल गणका प्रमुख सेनानी तथा ललितपुर सिएमसी सदस्य उत्तम सापकोटाले जानकारी दिए ।

ललितपुरमा ९ सय जनाका लागि मण्डला पार्टी भेन्यू खरिबोट बालकुमारी, सिद्धार्थ कटेज धोवीघाट र डिलाईट पार्टी भेन्यू महाक्ष्मीस्थानमा होल्डिङ सेन्टर बनाइएको छ । यहाँ जगेडाका रुपमा डिलाइट पार्टी भेन्यू तयार पारिएको छ । सबैको क्षमता तीन/तीन सय रहेको छ ।

CMC (6).jpg

राजदल गणका प्रमुख सापकोटाले यहाँको होल्डिङस्थलमा आएका नागरिकलाई सरल र सुरक्षित रुपमा व्यवस्थापन गरेर सम्बन्धित क्षेत्रमा पु-याउने विषयमा आवश्यक तयारीको काम पूरा गरिएको जानकारी दिए । यहाँको खाने बस्ने व्यवस्थापन भने सरकारले गर्नेछ । हाल मण्डला र सिद्धार्थमा ५/५ वेड तयारी अवस्थामा राखेका छौं । ललितपुरमा प्रदेश ६ र सुदुरपश्चिम प्रदेशको जिम्मेवारी पाएको उनले बताए ।

CMC (8).jpg

सबै होल्डिङ सेन्टरको अन्तर्राष्ट्रिय मापदण्डअनुसार वैज्ञानिक रुपमा व्यवस्थापन गरिएको छ । अभिलेख राख्नेदेखि स्वास्थ्य जाँच गर्ने, विश्राम गर्ने स्थानको समेत आवश्यक व्यवस्थापन गरिएको छ । सेन्टरमा विशेषज्ञ चिकित्सकसहिको टोली रहनेछ । विदेशमा रहेका नेपाली मध्ये पहिलो चरणमा शुक्रबार संयुक्त अरब इमिरेट्स (यूएई) को सारजहाबाट १ सय ५० जना भन्दा बढी नेपाली स्वदेश फर्कने निश्चित भएपनि अन्तिम समयमा आएर स्थगित भएको छ । आज म्यानमारबाट आउने जहाजमा १ जना ललितपुरमा आउने भएतापनि व्यवस्थापकीय रुपममा अप्ठारो हुने भएकोले काठमाडौंको होल्डिङ सेन्टमा बस्ने र ललितपुरले अभिलेख राख्ने उनले बताए ।

CMC (9).jpg

श्रम करारका साथै प्रवेशाज्ञाको अवधि समाप्त भएका, रोजगारी गुमाएका, विद्यार्थी, छोटो अवधिका लागि भ्रमणमा गएका व्यक्ति, तालिम तथा सेमिनारमा भाग लिन गएका कर्मचारी, आफन्तको मृत्यु भई काजकिरिया गर्न आउनुपर्ने व्यक्ति तथा उपचारका लागि गएका बिरामीको आगमनलाई प्राथमिकतामा राखिएको छ ।

CMC (4).jpg

त्यसैगरी आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका र नेपाल आउन नपाएका, कोरोनाबाहेक अन्य कारणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई पनि स्वदेश फर्काउने प्राथमिकताको सूचीमा समावेश गरिएको छ । ५० हजार हाराहारीका नागरिकले स्वदेश आउन चाहना राखेका छन् ।

CMC.jpg

सबै होल्डिङ सेन्टरको व्यवस्थापनको जिम्मेवारी भने नेपाली सेनालाई दिइएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सेन्टरको आवश्यक तयारी पूरा भइसकेको जानकारी दिए । अन्य निकायको सहयोगमा सेनाले विमानस्थलबाट आएदेखि होल्डिङ सेन्टरमा राख्ने र सम्बन्धित प्रदेशमा नबुझाउँदासम्मको प्रक्रिया, सुरक्षा तथा अन्य व्यवस्थापनको काममा सेनाको महत्वपूर्ण भूमिका रहने उनले जानकारी दिए ।

images
प्रकाशित मिति :जेठ २३, २०७७ शुक्रवार - १०:४०:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology