Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पाल्पाका १९ स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टाइनमा

पाल्पाका १९ स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टाइनमा

दैनिकी न्यूज

२३, जेठ २०७७
पाल्पाका १९ स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टाइनमा
images

पाल्पा। पाल्पाको युनाइटेड मिशन अस्पतालको आइसोलेशन कक्षमा रहेका एक व्यक्तिको मृत्यु भएपछि १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । जेठ २० गते पूर्वखोला गाउँपालिका –१ सिलुवाका ४५ वर्षीय एक व्यक्तिको मृत्यु भएको थियो ।

उनको कोरोना नतिजा पोजेटिभ आएपछि बिहीबारदेखि नै अस्पतालका स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत जीवन भट्टराईले जानकारी दिए ।

पाल्पामा सङ्क्रमित सातमध्ये पाँचजनालाई मिसन अस्पतालस्थित वृद्धाश्रमको आइसोलेशन वार्डमा राखिएको छ भने दुई जना रामपुरको क्वारेन्टाइनमै रहेका छन् ।

रामपुरमा पचास शैयाको आइसोलेसन कक्ष निर्माण भइरहेको छ । बुधबार कोरोना सङ्क्रमण देखा परेका दुई युवालाई अहिले सीताराम माविकै क्वारेन्टाइनमा सुरक्षितसाथ राखिएको छ । उनीहरुलाई आज आइसोलेशन कक्षमा लगिने नगरपालिकाले जनाएको छ । रासस

images
प्रकाशित मिति :जेठ २३, २०७७ शुक्रवार - १२:४६:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology