कास्की । पोखरा महानगरपालिका–१६ मध्यपथ बस्ने तेज बहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङ लगायत ९ जनालाई नगद ६८ हजार १ सय ३५ रुपैयाँ र ३ बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।