Logo

आइतवार, श्रावण २४ गते २०८३

images

धरौटीमा छुटे ९ भीआईपी जुवाडे

धरौटीमा छुटे ९ भीआईपी जुवाडे

दैनिकी न्यूज

२३, जेठ २०७७
धरौटीमा छुटे ९ भीआईपी जुवाडे
images

काठमाडौं । लकडाउनमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ९ भीआइपी जुवाडे धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आरोपित अशोक अग्रवाललाई ४० हजार र बाँकी ८ जनालाई जनही ३० हजारका दरले धरौटी लिएर तारेखमा छाडेको हो । 

रिहा हुनेमा अग्रवालसहित नन्द किशोर शर्मा, गोविन्दराम सरिया, बिमलकुमार खेतान, राम चन्द्र साङ्घाइ, पुरूषोत्तम अग्रवाल, विमल अहुजा, सुरेश अग्रवाल र होटलका सञ्चालक भारतका मिक्की जोगाइ रहेका छन्।

गत सोमबार राति पक्रउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालयले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका थियो । अनुसन्धान सकेर आज फेरि सिडीओ कार्यालयमा उपस्थित गराइएकोमा उनीहरुलाई धरौटीमा छाड्ने आदेश भएको हो ।

सोमबार साँझ कमलादीस्थित होटल गगौंरबाट रामचन्द्र सांघाई, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल आउजा र निक्की जोगाइलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरुको साथबाट २ लाख ७७ हजार रुपैयाँ बरामद भएको थियो भने जुवा खेल्न प्रयोग भएको एक सय ७९ वटा सिक्का पनि बरामद भएको थियो । प्रहरीले बुझाएको प्रतिवेदनमा ८ जनालाई नै तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना गराउन माग गरिएको थियो ।

images
प्रकाशित मिति :जेठ २३, २०७७ शुक्रवार - १७:५१:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology