Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जेठ २५ देखि केही जिल्लामा छोटो दुरीका सवारी चलाउन पाइने !

जेठ २५ देखि केही जिल्लामा छोटो दुरीका सवारी चलाउन पाइने !

दैनिकी न्यूज

२३, जेठ २०७७
जेठ २५ देखि केही जिल्लामा छोटो दुरीका सवारी चलाउन पाइने !
images

काठमाडौं । कोभिड– १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन खुकुलो बनाउन प्रस्ताव गरेको छ । लकडाउन खुकुलो बनाउनुपर्ने सुझाव विज्ञहरुबाट आएपछि समितिले मन्त्रिपरिषदमा प्रस्ताव गरेको हो ।

६ चरणको १२ हप्ते लकडाउन खोल्ने योजनाको प्रस्ताव गरेको हो । पहिलो चरणअन्तर्गत राष्ट्रिय गौरवका आयोजनाहरु आंशिक खोल्न प्रस्ताव तयार गरिएको छ । जेठ ३२ गतेपछि पहिलो चरणमा दुई हप्ता सम्पूर्ण सुरक्षात्मक उपायहरु अपनाई सामाजिक दूरी कायम गरी उत्पादन कार्य आंशिक रुपमा खोल्न दिने प्रस्ताव तयार पारिएको हो ।

त्यस्तै दोस्रो चरणमा सार्वजनिक यातायातलाई प्राथमिकतामा राखिएको छ । एकसय भन्दा कम सक्रिय केस भएका जिल्लाहरुमा जेठ २५ बाट जिल्ला नकट्ने र सवारी साधनको क्षमताभन्दा आधा मात्र यात्रु राख्ने गरी छोटा दुरीका सवारी साधन सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।

यस्तै, असार १ बाट सिट क्षमताका आधा संख्यामा यात्रु राख्ने गरी लामो दुरीमा यात्रुबाहक सवारी साधन सञ्चालन गर्ने प्रस्ताव छ । अन्तरिक हवाइ सेवा भने असार १ गतेदेखि मात्र सुरु गर्ने प्रस्ताव तयार गरिएको छ, जसमा विमानहरुले आधा मात्र यात्रुहरु चढाउन पाउनेछन् ।

त्यस्तै तेस्रो चरणमा पठनपाठन र भर्ना प्रक्रिया सुरु हुने तथा कृषि, दैनिक उपभोग्य बस्तु सामग्रीका लागि सबै पसलहरु पूर्णरुपमा खोल्न दिने प्रस्ताव गरिएको छ। चौथो चरणमा सिनेमा हल,मल, पर्यटकीय क्षेत्र, होटल, रेस्टुरेन्ट सञ्चालनमा आउन दिने प्रस्ताव तयार गरिएको छ । तेस्रो चरणको बन्दाबन्दी मुल्याङक गरी दुई हप्ता थप गर्ने योजना बनाइएको छ।

कोरोना संक्रमणको सयभन्दा बढी केसहरु भएका जिल्लामा भने यो मापदण्ड लागू हुने छैन ।

l.jpg

images
प्रकाशित मिति :जेठ २३, २०७७ शुक्रवार - २०:४३:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology