Logo

आइतवार, श्रावण २४ गते २०८३

images

म्यानमारबाट ल्याइएका २५ जनालाई पठाइयो ‘होम क्वारेन्टिन’मा

म्यानमारबाट ल्याइएका २५ जनालाई पठाइयो ‘होम क्वारेन्टिन’मा

दैनिकी न्यूज

२३, जेठ २०७७
म्यानमारबाट ल्याइएका २५ जनालाई पठाइयो ‘होम क्वारेन्टिन’मा
images

काठमाडौं । म्यान्मारबाट उद्धार गरेर ल्याइएका २६ मध्ये २५ नेपालीलाई सरकारले आजै होम क्वारेन्टिनमा पठाएको छ।

बिहान ११ः०० बजे काठमाडौँ आइपुगेका उनीहरुलाई आवश्यक स्वास्थ्य जाँचसहित प्रक्रिया पूरा गरेर काठमाडौँको वसुन्धरास्थित यती पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखिएको थियो।

म्यान्माबाटै पिसिआर नेगेटिभ भएर आएकाले आवश्यक अभिलेख राखेर आजै होम क्वारेन्टिनमा पठाइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

मकवानपुरका एक जना होल्डिङ सेन्टरमा रहेकाले पछि पठाइने जनाइएको छ। आज म्यान्माबाट आउनेमा वाग्मती प्रदेशका १७ जना, गण्डकीका चार, प्रदेश नं १ का चार र प्रदेश नं ५ का एक जना छन्।

सेन्टरको व्यवस्थापन नेपाली सेनाले गरिरहेको छ। उनीहरुलाई आज म्यान्मा सेनाको एयरफोर्सको फोकर–६० को फ्लाइट नम्बर एमएएच–००३ बाट २६ नेपालीलाई ल्याइएको थियो। उक्त विमानबाट दुई नेपालीसहित ४३ जना म्यान्मा गएका छन्। रासस

images
प्रकाशित मिति :जेठ २३, २०७७ शुक्रवार - २०:५४:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology