काठमाडौं । बढुवा समितिले नेपाल प्रहरीमा बिभागिय तर्फको रिक्त कोटामा ७३ जना प्रहरी नायब निरीक्षक (सई) हरुलाई प्रहरी निरिक्षक (इन्स्पेक्टर) मा बढुवाको लागि सिफारिस गरेको छ ।
प्रहरी महानिरीक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवालीको अध्यक्षतामा शुक्रवार साँझ प्रहरी प्रधान कार्यालय नक्सालमा बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिसको निर्णय गरेको हो ।
उनीहरुलाई प्रहरी नियमावली २०७१ अनुसार बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


