Logo

आइतवार, श्रावण २४ गते २०८३

images

भारतबाट आई क्वारेन्टाइनमा बसेका ६५ वर्षीयको मृत्यु

भारतबाट आई क्वारेन्टाइनमा बसेका ६५ वर्षीयको मृत्यु

दैनिकी न्यूज

२४, जेठ २०७७
भारतबाट आई क्वारेन्टाइनमा बसेका ६५ वर्षीयको मृत्यु
images

बाजुरा । खप्तड छेडेदह गाउँपालिका–७ मा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । यही जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६५ वर्षीयको मृत्यु भएको हो । गाउँमै रहेको मष्टा आधारभूत विद्यालय बूढाबाडाको क्वारेन्टाइनमा उनको मृत्यु भएको वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए ।
झण्डै २५ वर्षदेखि भारतमा बस्दै आएका उनमा दमको रोगसमेत रहेको बुझिएको छ । मृतकको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी धनगढी प्रयोगशालामा पठाउने र शव व्यवस्थापन गरी परिवारलाई जिम्मा लगाइने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए । रासस

images
प्रकाशित मिति :जेठ २४, २०७७ शनिवार - १२:३४:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology