Logo

आइतवार, श्रावण २४ गते २०८३

images

३ लाख घुस रकमसहित वडाध्यक्ष पक्राउ

३ लाख घुस रकमसहित वडाध्यक्ष पक्राउ

दैनिकी न्यूज

२४, जेठ २०७७
३ लाख घुस रकमसहित वडाध्यक्ष पक्राउ
images

पाल्पा । पाल्पा जिल्लाको स्थानीय तहका एक जनप्रतिनिधिलाई शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रुपन्देहीबाट नगदसहित नियन्त्रणमा लिएको छ।

रैनादेवी छहरा गाउँपालिका वडा नं ७ का वडाध्यक्ष देवेन्द्र पुनलाई टोलीले शनिबार बिहान करिब ८ बजे रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १० झिमझिमे भन्ने स्थानबाट एक काठ व्यवसायीबाट रु तीन लाख बुझ्दै गरेका अवस्थामा नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए।

अभियुक्त पुनलाई आफ्नो वडामा रहेको काठ लिलाममा ती व्यक्तिलाई मिलाइदिने भनी आश्वासन दिएर रकम माग गरी बुझ्दै गरेका अवस्थामा नगदसहित नियन्त्रणमा लिइएको सूचना अधिकारी भुसालले जानकारी दिए। रासस

images
प्रकाशित मिति :जेठ २४, २०७७ शनिवार - १४:४४:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology