Logo

आइतवार, श्रावण २४ गते २०८३

images

काठमाडौं उपत्यकामा ५ जना सहित देशभर ३ सय २३ जना कोरोना संक्रमित थपिए, २ को मृत्यू

काठमाडौं उपत्यकामा ५ जना सहित देशभर ३ सय २३ जना कोरोना संक्रमित थपिए, २ को मृत्यू

दैनिकी न्यूज

२४, जेठ २०७७
काठमाडौं उपत्यकामा ५ जना सहित देशभर ३ सय २३ जना कोरोना संक्रमित थपिए, २ को मृत्यू
images

काठमाडौ । शनिबार देशभर कोरोना भाइरस (कोभिड–१९) बाट ३ सय २३ जना संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ हजार २ सय ३५ पुगेको छ । जसमा पुरुष ३ हजार ३ र महिला २३२ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ३ सय २३ संक्रमित थप भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । जसमा २८६ जना पुरुष र ३७ जना महिला रहेका छन् ।

आज थपिएका संक्रमितहरु मोरङका ६, सुनसरीका ५, सप्तरीका ८, नवलपरासीका ३, बाँकेका १२, बर्दियाका २८, कास्कीका ३, स्याङ्जाका १०, बागलुङका १, बझाङका ६, कञ्चनपुरका २, अछामका १, कैलालीका २, डडेलधुराका १, दैलेखका ४७, डोल्पाका १ जना छन् ।

त्यसैगरी सुर्खेतका १०, जाजरकोटका ४, सल्यानका ३८, अर्खाखाँचीका १, नवलपरासीका २, रुपन्देहीका ३, भक्तपुरका १, धनुषाका ८, कपिलवस्तुका ३९, काठमाडौंका ४, महोत्तरीका ३५, रौतहटका ६ र सर्लाहीका २७ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म क्‍वारेन्टाइनमा रहनेको संख्या १ लाख ६८ हजार ३१ रहेको छ । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या २ हजार ८५७ जना छ ।

पिसिआरबाट ९२ हजार ४ सय ७७ र आरडिटीबाट १ लाख ३७ हजार ४ सय ३५ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हालसम्म ७० जिल्लामा कोरोना संक्रमण फैलिएको छ । 

संक्रमण पुष्टि भएकाहरुमध्ये हालसम्म ३ सय ६५ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । आज ३२ जना डिस्चार्ज भई घर फर्किएका छन् । पुरुष २९९ र महिला ६६ जना रहेका छन् ।

आज डोल्पा र धनगढीमा दुई जनाको मृत्यू भएको छ । योसँगै १३ जना कोरोनाबाट मृत्यू भएको छ । यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा र सुर्खेतमा एकरएक गरी ११ जनाको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :जेठ २४, २०७७ शनिवार - १६:३४:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology