Logo

सोमवार, श्रावण २५ गते २०८३

images

उपत्यकाका कोराना संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु

उपत्यकाका कोराना संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु

दैनिकी न्यूज

२५, जेठ २०७७
उपत्यकाका कोराना संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु
images

काठमाडौँ । उपत्यकामा पाँच जनालाई कोरोना (कोभिड–१९) सङ्क्रमण देखिएपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी भइरहेको छ ।काठमाडौँमा चार र भक्तपुरमा एक गरी उपत्यकामा शनिबार पाँच जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौँका सङ्क्रमितमध्ये दुई पुरुष र दुई महिला छन् भने भक्तपुरमा एक पुरुषमा कोरोना देखिएको छ ।

काठमाडौँ महानगरपालिकाले सङ्क्रमितको ‘टे«सिङ’ गर्ने कार्य भइरहेको जनाएको छ । एक सातायता काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमित देखिएका थिएनन् । शनिबार देखिएका सङ्क्रमित उपत्यका बाहिरबाट नै आएको हुन सक्ने अनुमान महानगरपालिकाको छ ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले सङ्क्रमित बस्ने वडा, टोल, व्यक्तिगत सम्पर्कमा आएका व्यक्ति र आफन्तको विवरण लिने कार्य भइरहेको जानकारी दिए ।यो समाचार आजको गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।

 

images
प्रकाशित मिति :जेठ २५, २०७७ आइतवार - ०७:२५:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology