Logo

सोमवार, श्रावण २५ गते २०८३

images

गण्डकी प्रदेशमा ३८ संक्रमित थपिए

गण्डकी प्रदेशमा ३८ संक्रमित थपिए

दैनिकी न्यूज

२५, जेठ २०७७
गण्डकी प्रदेशमा ३८ संक्रमित थपिए
images

काठमाडौं । गण्डकी प्रदेशमा ३८ कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा एकैदिन ठूलो संख्यामा संक्रमण देखिएको यो पहिलो हो । आइतबार बिहानसम्म प्रदेशमा संक्रमितका संख्या ११३ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमा स्याङ्जाका मात्र १४ रहेका छन् । त्यस्तै गोरखा र बागलुङका १०/१०जना छन् । गोरखा जिल्लामै पहिलो पटक संक्रमित भेटिएका हुन् ।

यसअघि कञ्चनपुरमा कार्यररत गोरखाका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका ४ जनामा संक्रमण देखिएको हो ।

संक्रमित सबै पुरुष रहेको र १७ देखि ५२ वर्षसम्मका उमेरका छन । उनीहरु सबै हालैमात्र भारतबाट फर्किएर क्वारेन्टाइनमा बस्दै आएका थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा शनिबार राति उनीहरुको पीसीआर परीक्षण गरिएको थियो ।

images
प्रकाशित मिति :जेठ २५, २०७७ आइतवार - ०७:५०:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology