Logo

सोमवार, श्रावण २५ गते २०८३

images

क्वारेन्टिनमा बसेका एक युवकको मृत्यू

क्वारेन्टिनमा बसेका एक युवकको मृत्यू

दैनिकी न्यूज

२५, जेठ २०७७
क्वारेन्टिनमा बसेका एक युवकको मृत्यू
images

डोटी । डोटीको स्थानीय क्वारेन्टिनमा बसेका १९ वर्षिय युवकको मृत्यु भएको छ । केआईसिंह गाउँपालिका वडा नं ३ स्थित क्वारेन्टिनमा बसेका ती युवकको आइतबार बिहान मृत्यु भएको हो ।

आइतबार बिहान ३ बजे उनको मृत्यु भएको दुर्गामाण्डौ गाउँपालिकाका स्वास्थ्य संयोजक तिल बहादुर बोहराले जानकारी दिए ।

उनी लामो समय देखि मुटुका बिरामी थिए । तर, मृत्युको कारण भने खुल्न सकेको छैन ।

यही जेठ २० गते भारतको दिल्लीबाट आएका उनी स्थानीय सिताराम आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टिनमा बस्दै आएका थिए ।

images
प्रकाशित मिति :जेठ २५, २०७७ आइतवार - ०८:०२:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology