Logo

सोमवार, श्रावण २५ गते २०८३

images

देशभर ३३ जना प्रहरी कोरोना संक्रमित, १४ जना डिस्चार्ज

देशभर ३३ जना प्रहरी कोरोना संक्रमित, १४ जना डिस्चार्ज

दैनिकी न्यूज

२५, जेठ २०७७
देशभर ३३ जना प्रहरी कोरोना संक्रमित, १४ जना डिस्चार्ज
images

काठमाडौं । सुरक्षा निकायमध्येको एक प्रमुख संगठन नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । देशभर संक्रमितको संख्या बढिरहँदा प्रहरीमा पनि संक्रमण देखिएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर कोरोना संक्रमित प्रहरीको संख्या ३३ पुगेको छ ।

जसमध्ये कपिलवस्तुमा कार्यरत प्रहरीमा २, बारामा ७, धनकुटामा २, बाँकेमा १, धनुषामा ९, सप्तरीमा २, सिराहमा २ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै सर्लाहीमा १, जुम्लामा २, जाजरकोटमा १ र काठमाडौं उपत्यकामा ४ प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रहरी प्रवक्ता डीआईजी नीरज शाहीका अनुसार संक्रमित ३३ मध्ये १४ जनाले कोरोना जितेर डिस्चार्ज भइसकेका छन् । अन्य सबैको आइसोलेसनमा राखेर विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

images
प्रकाशित मिति :जेठ २५, २०७७ आइतवार - १४:३४:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology