Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोना कोषमा लक्ष्मी लघुवित्तको १५ हजार सहयोग

कोरोना कोषमा लक्ष्मी लघुवित्तको १५ हजार सहयोग

दैनिकी न्यूज

२५, जेठ २०७७
कोरोना कोषमा लक्ष्मी लघुवित्तको १५ हजार सहयोग
images

बारा । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले परवानीपुर गाउँपालिकाले स्थापना गरेको कोरोना प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ ।

आज एक कार्यक्रमकाबीच लक्ष्मी लघुवित्त नौतन बारा शाखाका प्रमुख सुदर्शन भण्डारीले गाउँपालिकाका अध्यक्ष हरि नारायण साह कानूलाई १५ हजार रुपैयाको चेक हस्तान्तरण गरेका हुन् । लघुवित्तले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १५ हजार रुपैयाँ हस्तान्तरण गरेको जनाएको छ ।

विश्वका विभिन्न देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा नेपालमा पनि यसको जोखिम बढेकोले गाउँपालिकाद्वारा स्थापित उक्त कोषमा जम्मा भएको रकम कोरोना भाइरस संक्रमण नियन्त्रण र प्रभावितहरुको उपचारका लागि उपयोग गर्ने समेत लक्ष्मी लघुवित्तले विश्वाव लिएको छ ।

images
प्रकाशित मिति :जेठ २५, २०७७ आइतवार - १६:०४:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology