Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज एकै दिन २ सय १३ जना कोरोना संक्रमित थपिए

आज एकै दिन २ सय १३ जना कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

२५, जेठ २०७७
आज एकै दिन २ सय १३ जना कोरोना संक्रमित थपिए
images

काठमाडौ । आइतबार देशभर कोरोना भाइरस (कोभिड–१९) बाट २ सय १३ जना संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । जसमा पुरुष ३ हजार ३१२ र महिला २३६ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा २ सय १३ संक्रमित थप भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । जसमा २०९ जना पुरुष र ४ जना महिला रहेका छन् ।

आज संक्रमित थपिएका जिल्लाहरुमा झापाका २ जना, सुनसरीका २ जना, मोरङका ३ जना, धादिङका १ जना, रौतहटका १ जना, धनुषाका १ जना, सिरहाका २ जना, कालिकोटका ३ जना, दाङका २ जना, प्युठानका १ जना, रोल्पाका १ जना, कपिलवस्तुका १ जना, दैलेखका ३ जना, सल्यानका २८ जना, सुर्खेतका २० जना, सर्लाहीका ५७ जना, कपिलवस्तुका ९ जना, महोत्तरीका ५ जना, सर्लाहीका १८ जना, सिन्धुपाल्चोकका १ जना र उदयपुरका ३ जना रहेका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ७० हजार ७३२ जना रहेका छन । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या २ हजार ९६८ जना छ ।

पिसिआरबाट ९६ हजार २ सय ५ र आरडिटीबाट १ लाख ४५ हजार ४९ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । आज रोल्पामा पनि कोरोना फैलिएको छ । योसँगै ७१ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

संक्रमण पुष्टि भएकाहरुमध्ये हालसम्म ४ सय ६७ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । आज १०२ जना (महिला २ र पुरुष १००) डिस्चार्ज भई घर फर्किएका छन् । पुरुष ३९९ र महिला ६८ जना रहेका छन् ।

प्रवक्ता फेरिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता फेरिएका छन्। थापाथली परोपकार प्रसूति केन्द्रको निर्देशकबाट ३ दिनअघि मन्त्रालयमा तानिएका डा. जागेश्वर गौतमलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ।

कोरोना भाइरस संक्रमणपछि सक्रिय रहेका प्रवक्ता डा. विकास देवकोटालाई भने गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ।

images
प्रकाशित मिति :जेठ २५, २०७७ आइतवार - १६:२८:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology