Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पाटन हस्पिटलको आइसियूमा भर्ना भएको पुरुषको मृत्यु

पाटन हस्पिटलको आइसियूमा भर्ना भएको पुरुषको मृत्यु

दैनिकी न्यूज

२६, जेठ २०७७
पाटन हस्पिटलको आइसियूमा भर्ना भएको पुरुषको मृत्यु
images

ललितपुर । पाटन हस्पिटलको आईसियूमा उपचाररत एक पुरुषको आइतबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली जिल्लाका ५५ वर्षीय पुरुष रहेको छ ।

पाटन हस्पिटलका निर्देशक विष्णु शर्माका अनुसार उनलाई किट्नी सम्बन्धी समस्या थियो । ‘त्रिभुवन विश्वविद्यालयको शिक्षण हस्पिटलले किन पाटनमा रिफर गर्यो ? यसबारे पनि छलफल गर्यौ ।’ उनले भने, ‘आइसियूमा लगेर उपचार गर्यो, उपचारकै क्रममा उनको निधन भयो ।’ अन्तिम अवस्था भएका विरामी पाटन हस्पिटल पठाउने अरु हस्पिटलको रबैया ठिक नभएको उनले बताए ।

ती पुरुषलाई आइतबार राति नै त्रिवि शिक्षण हस्पिटलले पाटन रिफर गरेको थियो । मृत्यु भएको पुरुषको कोरोना भाइरसको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको एक÷दुई दिनमै रिपोर्ट आउने पाटन हस्पिटलले जनाएको छ ।

 

images
प्रकाशित मिति :जेठ २६, २०७७ सोमवार - १०:५४:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology