Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आरडिटी पोजिटिभ आएकी सुत्‍केरीको भक्तपुर अस्पतालमा मृत्यु

आरडिटी पोजिटिभ आएकी सुत्‍केरीको भक्तपुर अस्पतालमा मृत्यु

दैनिकी न्यूज

२६, जेठ २०७७
आरडिटी पोजिटिभ आएकी सुत्‍केरीको भक्तपुर अस्पतालमा मृत्यु
images

भक्तपुर। भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पतालको सबै सेवा बन्द भएको छ। सुत्केरी व्यथा लागेपछि आइतबार साँझ अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खु गाउँपालिका-३ घर भई हाल चाँगुनारायण नगरपालिका-३ झौखेल बस्ने ३६ वर्षीया महिलाको राति मृत्यु भएको हो।

सुत्केरी भएको आधा घण्टापछि महिलाको मृत्यु भएपछि अस्पतालको सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ। महिलालाई खोकी लागेको र श्वासप्रश्वासमा पनि समस्या रहेको पाइएको अस्पतालका स्वास्थ्यकर्मीले जनाएका छन्। महिलाको आरडिटी परीक्षणमा कोरोना भाइरस पोजिटिभ आएको थियो।

आइतबार राति करिब ९ बजे स्वाब लिइ पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको छ। अस्पतालकी मेडिकल सुपरिटेन्डेन डा. सुमित्रा गौतमले सुत्केरी महिलाको मृत्यु भए पनि पीसीआर रिपोर्ट नआएसम्म केही भन्न नसकिने जानकारी दिए। उनले अस्पतालमा भने विशेष सजगता अपनाएको बताए।

अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले मृतक महिलाले नियमित रुपमा केएमसी अस्पताल सिनामङ्गलमा स्वास्थ्य परीक्षण गराउँदै आएको पाइएको जानकारी दिए। चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीलाई कोरोना सङ्क्रमण भएपछि यहीँ २० गतेदेखि नै त्यहाँको सेवा बन्द भएकाले सुत्केरी हुन भक्तपुर अस्पताल आएको पाइएको उनले जानकारी दिए। महिलाको शव अस्पतालको प्रसूति वार्डमा नै राखिएको छ भने बच्चा भने स्वस्थ रहेको अस्पतालले जनाएको छ। रासस 

images
प्रकाशित मिति :जेठ २६, २०७७ सोमवार - १७:०२:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology