Logo

सोमवार, श्रावण २५ गते २०८३

images

असार १५ देखि दैनिक १० हजारको पीसीआर परीक्षण गरिने

असार १५ देखि दैनिक १० हजारको पीसीआर परीक्षण गरिने

दैनिकी न्यूज

२६, जेठ २०७७
असार १५ देखि दैनिक १० हजारको पीसीआर परीक्षण गरिने
images

काठमाडौं । स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि दैनिक १० हजार जनाको कोरोना भाइरस ९कोभिड १९० को पीसीआर विधिबाट परीक्षण गरिने बताएका छन् । आज संङघीय संसदमा सांसदले सोधेको प्रश्नमा उनले अहिले दैनिक १० हजार परीक्षण गर्ने गरी मेसिन खरिदको प्रक्रिया शुरु गरिएको बताए ।

मेसिन खरिद गरेपछि विदेशबाट दैनिक ठूलो सङख्यामा सर्वसाधारणको पीसीआर परीक्षणको व्यवस्था गर्न सकिने उनको भनाइ थियो । अहिले मुलुकका २१ स्थानबाट दैनिक चार हजारको सो परीक्षण भइरहेको छ । अहिलेसम्म पीसीआर एक लाख ९७१ र आरडिटी एक लाख ५६ हजार ९९१ जनाको परीक्षण गरिएको छ ।

नेपालमा तीन हजार ७६२ जनामा सङ्क्रमण, १४ जनाको मृत्यु र ४८८ जना अस्पतालबाट डिस्चार्ज भएका छन । उनले सात प्रदेशमा सात ठूला मेसिन खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । उनले अहिलेको बन्दाबन्दी ९लकडाउन० लाई सहजिकरण गर्न विज्ञसँग परामर्श भइरहेको बताए। मुलुकमा ७७ दिनदेखि लकडाउन जारी छ ।

उनले अहिले विनियोजित बजेट स्वास्थ्य सुधारका लागि पर्याप्त नभएपनि स्वास्थ्य क्षेत्रको बलियो जग बसाल्न सकिने धारणा व्यक्त गरे । मन्त्री ढकालले सर्वसाधारण जनतालाई दिइने स्वास्थ्य सेवाको गुणस्तरीय र आम नागरिकको पहुँचमा सेवाको वृद्धि हुने गरी आगामी वर्षमा स्वास्थ्यका कार्यक्रम सञ्चालन हुने विश्वास दिलाए ।

निरोगी नेपाल अभियान अन्तर्गत प्रदेश र स्थानीय तहसँग समन्वय गरी विभिन्न स्वास्थ्य कार्यक्रम, आयुर्वेद, प्राकृतिक चिकित्सा, होमोपेथिक तथा योग लगायतका वैकल्पिक उपचार पद्धतिमार्फत प्रभावकारी सेवा प्रवाह गर्ने कार्यलाई प्राथमिकता दिइएको मन्त्री ढकालले बताए । भौगोलिक र जनसङ्ख्याका आधारमा स्वास्थ्य संस्थालाई स्तरोन्नति गरिने उनले बताए ।

स्वास्थ्य संस्थाका अहिलेको दरवन्दीमा पुर्नसंंरचना गरी आवश्यकता अनुसार तत्काल अस्थायी दरवन्दी स्वीकृत गरिने उनको भनाइ थियो । चिकित्सकलाई उच्च मनोवलका साथ काम लगाइने भन्दै चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता र २५ लाख विमा गरिएको उनले जानकारी दिए। प्रत्येक स्थानीय तहमा एक चिकित्सक र एक चिकित्सक एक संस्थाको व्यवस्थापनका लागि आवश्यक कार्यक्रम गरिने उनले बताए । गरिब, विपन्न, असाहय र ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न पर्याप्त बजेट विनियोजन गरिएको मन्त्री ढकालले बताए । रासस

images
प्रकाशित मिति :जेठ २६, २०७७ सोमवार - २०:४८:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology