Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बन्दाबन्दीमा सडक दुर्घटना एक सयभन्दा बढीको मृत्यु

बन्दाबन्दीमा सडक दुर्घटना एक सयभन्दा बढीको मृत्यु

दैनिकी न्यूज

२७, जेठ २०७७
बन्दाबन्दीमा सडक दुर्घटना एक सयभन्दा बढीको मृत्यु
images

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न बन्दाबन्दी सुुरु भएको साढे दुुई महिनामा एक सय जनाभन्दा बढी सर्वसाधारणले दुर्घटनामा ज्यान गुमाएका छन् । सरकारले अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाए पनि राति तथा आफूसुुखी लुकिछिपी सवारी चलाउँदा यतिको दुर्घटना भएको सम्बद्ध अधिकारीहरूको भनाइ छ ।

चैत ११ गतेबाट सुरु भएको बन्दाबन्दीको ७५औँ दिनसम्ममा सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १३३ पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार यो बीचमा मुलुकभर एक हजार १७१ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १०८ जना पुरुष, १७ जना महिला र आठ जना बालबालिकाको मृत्यु भएको छ ।

त्यस्तै ३२४ जना गम्भीर घाइते छन् । घाइतेमध्ये पुरुष २६५, महिला ४५ र १४ बालबालिका छन् । बन्दाबन्दीमा जोखिम मोलेर आफूखुसी सवारी सञ्चालन गर्दा दुर्घटना भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक निरज शाहीले बताउनुभयो । बन्दाबन्दीको ७५ दिन अवधिमा यो सङ्ख्यामा सवारी दुर्घटना हुनु मानवीय क्षतिको दृष्टिकोणले अकल्पनीय भएको भनाइ सम्बद्ध अधिकारीको छ ।

कोभिड–१९ को महामारीभन्दा दुर्घटना महामारी नियन्त्रण नै नहुने चुनौतीपूर्ण समस्या भएको भनाइ प्रवक्ता शाहीको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा मात्र ५३७ दुर्घटना भएका छन् । ती दुर्घटनामा १४ पुरुष र एक महिला गरी १५ जनाको मृत्यु भएको छ । यो बीचमै बाँकेमा १२ जनाको ज्यान लिने गरी भएको सवारी दुर्घटनामा ठूलो मानवीय क्षति भएको जनाउँदै सबै दुर्घटनामा मानवीय कमजोरी रहेको महानगरीय ट्राफिक महाशाखा प्रमुख भीम ढकालले बताउनुभयो ।

गोरखापत्र दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :जेठ २७, २०७७ मंगलवार - ०७:००:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology