Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबारको मौसम पूर्वानुमानः मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षा

मंगलबारको मौसम पूर्वानुमानः मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षा

दैनिकी न्यूज

२७, जेठ २०७७
मंगलबारको मौसम पूर्वानुमानः मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षा
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापिय प्रणालीको प्रभाव रहेको छ ।

हाल देशको प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै भू–भागमा र प्रदेश १ का पहाडी भू–भागहरूमा सामान्य बदली रहेको छ भने कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश सहित प्रदेश २ का केहि भू–भागमा आंशिक बदली रहेको देखिन्छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केहि भू–भागमा हल्का बर्षा भइरहेको महाशाखाले जनाएको छ।

प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तिन दिनको मौसम पूर्वानुमान

जेठ २७ गते (मंगलबार)

दिउँसोः प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चिम प्रदेशमा सामान्य बदली  तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली  रहनेछ । प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेश, सुदुर पश्चिम  प्रदेश, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

रातीः  प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली  तथा प्रदेश २, प्रदेश ५ र  सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको   सम्भावना रहेको छ। 

जेठ २८ गते (बुधबार)

दिउँसोः देशभर सामान्य बदली रहनेछ। प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेश, सुदुर पश्चिम  प्रदेश, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

रातीः प्रदेश १, बागमती, गण्डकी प्रदेशका भू-भागमा  सामान्य बदली रही बाँकी प्रदेशका भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, बाग्मती प्रदेश, तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ  सहित वर्षाको  सम्भावना रहेको छ। 

जेठ २९ गते (बिहिबार)

दिउँसोः  प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चिम  प्रदेशमा सामान्य बदली  तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली  रहनेछ।प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेश, सुदुर पश्चिम  प्रदेश, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। 

रातीः प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली  तथा सुदुर पश्चिम प्रदेश र प्रदेश ५ मा आंशिक बदली  रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ  सहित वर्षाको  सम्भावना रहेको छ।

 

images
प्रकाशित मिति :जेठ २७, २०७७ मंगलवार - ०९:४८:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology