Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

थप एक जना कोरोना संक्रमितको मृत्यु

थप एक जना कोरोना संक्रमितको मृत्यु

दैनिकी न्यूज

२७, जेठ २०७७
थप एक जना कोरोना संक्रमितको मृत्यु
images

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा उपचाररत भरतपुर वडा नं. ११ का ६८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

उनलाई सोमबार राति स्थानीय नारायणी सामुदायिक अस्पतालबाट भरतपुर अस्पताल सारिएको थियो । मंगलबार बिहान ७ बजेर ५ मिनेटमा उनको मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

images
प्रकाशित मिति :जेठ २७, २०७७ मंगलवार - १०:०२:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology