Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोना संक्रमितको उपचार गर्न कुनै पनि मुलुकबाट स्वास्थ्यकर्मी नल्याउनेः मन्त्री त्रिपाठी

कोरोना संक्रमितको उपचार गर्न कुनै पनि मुलुकबाट स्वास्थ्यकर्मी नल्याउनेः मन्त्री त्रिपाठी

दैनिकी न्यूज

२७, जेठ २०७७
कोरोना संक्रमितको उपचार गर्न कुनै पनि मुलुकबाट स्वास्थ्यकर्मी नल्याउनेः मन्त्री त्रिपाठी
images

काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले कोरोना संक्रमितको उपचार गर्नको लागि कुनैपनि मुलुकबाट स्वास्थ्यकर्मी नल्याउने ठोकुवा गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा खर्च कटौतिको प्रसतावमाथिको छलफलमा भाग लिँदै मन्त्री त्रिपाठीले नेपालकै स्वास्थ्यकर्मीले कोरोनाको संक्रमणमा आँफै चुनौति मोलेर उपचार गरेकोले अन्य कुनै मुलुकबाट स्वास्थ्यकर्मी ल्याउन आवश्यक नरहेको स्पष्ट पारेका हुन् ।

सांसद अख्तहर कमल मुसलमानले चीनबाट मेडिकल डाक्टरसहितको टीम ल्याउने र त्यसले देशभरी कोरोना संक्रमितको उपचारमा परिचालन गर्न लागेको बारेमा सरकारकै तर्फबाट मन्त्रीको जवाफ माग गरेपछि मन्त्री त्रिपाठीले चीनबाट मात्र होइन विश्वका कुनै पनि मुलुकबाट चिकित्सक नल्याउने प्रतिक्रिया दिएका हुन् ।

हामी हाम्रा चिकित्साकर्मी, जनस्वास्थ्यकर्मीमाथि पूरा विश्वास छ, पूरा विश्वास भएकोले कहिँ कतैबाट चिकित्सक ल्याउँदैनौं, मन्त्री त्रिपाठीले भने, त्यो स्पष्ट हो, हाम्रै चिकित्साकर्मीहरु सक्षम छन्, अहिलेसम्म कोभिड १९ विरुद्धमा जति लडे हाम्रै चिकित्साकर्मी लडेका छन्, हाम्रै नर्सहरु लडेका छन्, आँफै जोखिम मोलेर लडेका छन् । त्यसकारण कुनैपनि देशबाट चिकित्सक ल्याउँदैनौं,’ मन्त्री त्रिपाठीले जोड दिएर भने ।

images
प्रकाशित मिति :जेठ २७, २०७७ मंगलवार - १५:२६:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology