Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नक्कली सेनिटाइजर बनाएर बिक्री गरेको आरोपमा २ जनालाई प्रहरीले नियन्त्रणमा लियो

नक्कली सेनिटाइजर बनाएर बिक्री गरेको आरोपमा २ जनालाई प्रहरीले नियन्त्रणमा लियो

दैनिकी न्यूज

२७, जेठ २०७७
नक्कली सेनिटाइजर बनाएर बिक्री गरेको आरोपमा २ जनालाई प्रहरीले नियन्त्रणमा लियो
images

काठमाडौं । काठमाडौंबाट नक्कली सेनिटाइजर बनाई बिक्री वितरण गरेको आरोपमा २ जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले भारत घर भई खुसिबु नयाँ बजार बस्ने अब्दुल मनान र कलंकी घर भएका प्रदिप उपाध्यायलाई ठुलो मात्रामा नक्कली सेनिटाइजर बनाउने कच्चा पदार्थसहित पक्राउ गरेको हो । उनीहरुसँगै २ वटा ट्याक्सी समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

बरामत सामान

१. बिभिन्न साईजको प्लाष्टिकको ग्यालेन तथा ड्रममा राखेको सेनिटाईजर बनाउन प्रयोग हुने कच्चा पदार्थ ३२९० लिटर ।
२. स्किमर्स लेखिएको तयारी सेनिटाईजर ५०० ML को ८ बोतल ।
३. तयारी सेनिटाईजर ५ लिटरको ग्यालेन थान-२६ ।
४. १०० ML को प्लाष्टिकको बोतलमा राखेको तयारी सेनिटाईजर थान-१९५ ।
५. Rubiya Hand wash लेखिएको १४० ML को बोतल थान-१७२ ।
६. Bee one advanced लेखिएको २५० ML को बोतल थान-१३ ।
७. ब्रान्ड नखुलेको सानो बोतल थान-३० थान ।
८. Glycerine, Defence look up, Bee one Jemini समेत लेखिएका तयारी सेनिटाईजरमा टास्ने स्टिकरहरु १ झोला ।
९. मसि भएको १०० ML को बोतल थान-८ ।
१०. ठण्डा अल्को सुपर लेखिएको १ लिटरको बोतल थान-५ ।
११. LCD थान-१ ।
१२. CPU थान-१ ।
१३. रंगिन प्रिन्टर मेसिन थान-१ ।
१४. सेतो रंङको बट्टामा ५०० ML लेखिएको बट्टा थान-३० ।
१५. केसमरी गुलाब रस १०० ML लेखिएको भरी बट्टा थान-८० ।
१६. स्याम्पु ५०० ML लेखिएको थान-१८ ।
१७. बिभिन्न कस्मेटिक सामानको स्टिकर रहेको कार्टुन थान-५ ।
१८. ट्याग लगाउने मेसिन थान-१ ।
१९. बिभिन्न छापहरु थान-६ ।
२०. ६०० ML लेखिएको भरी बट्टा थान-२३ ।
२१. बिभिन्न कस्मेटिक सामानका कुनै खाली र कुनै भरिएका बट्टाहरु रहेको कार्टुन थान-४ ।
२२. सिल्भर पत्ता थान-६ ।
२३. तौल गर्ने डिजिटल मेसिन थान-१ ।२

images
प्रकाशित मिति :जेठ २७, २०७७ मंगलवार - १९:५७:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology