Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सम्भावित ३० हजार सङ्क्रमितको लक्ष्य राखेर सामग्री व्यवस्थापन हुँदै

सम्भावित ३० हजार सङ्क्रमितको लक्ष्य राखेर सामग्री व्यवस्थापन हुँदै

दैनिकी न्यूज

२७, जेठ २०७७
सम्भावित ३० हजार सङ्क्रमितको लक्ष्य राखेर सामग्री व्यवस्थापन हुँदै
images

शरद शर्मा/काठमाडौँ । सरकार ३० हजार कोराना भाइरस सङ्क्रमितलाई लक्ष्य गरेर स्वास्थ्य सामग्री व्यवस्थापनमा लागेको छ । कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दैनिक रुपमा सोचेभन्दा बढी बढ्न थालेपछि स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले मुलुकमा १५ हजारदेखि ३० हजारसम्म सङ्क्रमित हुन सक्ने अनुमान गरी स्वास्थ्य सामग्रीको व्यवस्थापनमा लागेको हो ।
“दैनिक रुपमा सङ्क्रमित बढ्न थालेपछि हामीले सोचेभन्दा बढी नै सङ्क्रमित हुने अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो, “त्यही भएर सङ्क्रमित बढ्ने अनुमानले स्वास्थ्य सामग्री खरिदको प्रक्रिया पनि अगाडि बढाएका छौं ।” पहिले एक हजार ५०० सङ्क्रमित हुने अनुमान गरिएको थियो भने पछिल्लोपटक भारतबाट सङ्क्रमित आउन थालेपछि यो सङ्ख्या पाँच हजार पुग्ने अनुमान सरकारको छ । केही दिनअघि पाँच हजार सङ्क्रमित हुने अनुमान गरेको भएपनि अहिलेको अवस्था हेर्दा त्योभन्दा बढी हुने अनुमान गरेर सामग्री व्यवस्थापनतिर लागेको हो ।
अहिले नै सङ्क्रमितको सङ्ख्या तीन हजार ७६२ पुगिसकेका छन् । दैनिक दुई–तीन सयको सङ्ख्यामा सङ्क्रमित बढिरहेका छन । सङ्क्रमणबाट अहिलेसम्म १४ को मृत्यु भइसकेको छ । यस्तै अहिलेसम्म ४८८ जना निको भएर घर फर्किसकेका छन । नेपालमा पहिलोपटक माघ ९ गते चीनको वुहानबाट आएका आएका एक विद्यार्थीमा सङ्क्रमण देखिएको थियो ।
पछिल्लोपटक भारतबाट स्वदेश फर्किरहेका मानिसमा परीक्षण गर्दा सङ्क्रमण देखिएको छ । उहाँका अनुसार व्यवस्थापन महाशाखामार्फत अहिलेसम्म करिब रु ९४ करोडको स्वास्थ्य सामग्री खरिद गरिसकेको छ । तीमध्ये रु ४० करोड भुक्तानी भइसकेको र अरु भुक्तानीको प्रक्रियामा रहेको छ । उहाँले प्रदेश र जिल्लालाई जेठको पहिलो हप्ता पर्याप्त मात्रामा सामग्री पठाएकाले अहिले कहीँ पनि अपुग नरहेको जानकारी दिनुभयो ।
महाशाखाले पहिले उदयपुर, रौतहट, पर्सा र बाँकेमा केन्द्रबाट नै सिधै सामग्री पठाउने व्यवस्था गरेको थियो । तर अहिले सातवटै प्रदेश र कोभिड–१९ अस्पतालमा आवश्यक सामग्री पठाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार व्यक्तिगत सुरक्षा सामग्री ९पिपिई० सेट पाँच हजार ८३५, पिपिइ गाउन ६७ हजार, सर्जिकल मास्क १९ लाख ८९ हजार, एन–९५ मास्क ६९ लाख वितरण गरिएको छ ।
यस्तै पिपिइ सेट पाँच हजार, पिपिइ गाउन एक लाख ७२ हजार, मास्क १४ लाख ७४ हजार र एन–९५ एक लाख ८१ मौज्दात रहेको छ । ती सामग्रीलाई आवश्यकअनुसार प्रदेश र कोभिड–१९ अस्पताललाई पठाइने छ । उहाँले मापदण्ड वितरित सामग्री प्रयोग गर्नाले चाँडै सकिएको समेत बताउनुभयो ।
अहिलेसम्म पिसीआरबाट एक लाख ९७१ र आरडिटीबाट एक लाख ५६ हजार ९९१ जनाको परीक्षण गरिएको छ । अहिलेसम्म एक लाख ६६ हजार ६६८ जना क्यारेन्टिनमा रहेका छन् । रासस

images
प्रकाशित मिति :जेठ २७, २०७७ मंगलवार - २१:०३:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology