Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जडिबुटीमा कारले स्कुटरलाई ठक्कर दियो, २७ वर्षीया युवतीको मृत्यु

जडिबुटीमा कारले स्कुटरलाई ठक्कर दियो, २७ वर्षीया युवतीको मृत्यु

दैनिकी न्यूज

२७, जेठ २०७७
जडिबुटीमा कारले स्कुटरलाई ठक्कर दियो, २७ वर्षीया युवतीको मृत्यु
images

काठमाडौं । काठमाडौँ महानगरपालिका–३२ जडिबुटीमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जडिबुटीस्थित सडकमा प्रदेश ३–०१–२२ च ८७१० नम्बरको कारले प्रदेश ३–०२–००५ प १५९८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारीकी २७ वर्षीया युवती सुप्रभा लुईंटेलको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको आज बी एण्ड बी अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बसमा आगजनी
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१० कपन नजिक पार्किङ गरी राखेको बा २ ख ६२२६ नम्बरको बसमा आज अपरिचित व्यक्तिले आगजनी गरेका छन् । आगलागीबाट बसमा करिब रु एक लाख ५० हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।

अपरिचित व्यक्तिले उक्त बसमा आगजनी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको छ । फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस

images
प्रकाशित मिति :जेठ २७, २०७७ मंगलवार - २१:११:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology