Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मनसुन शुरु हुन अझै केहि दिन लाग्ने, यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

मनसुन शुरु हुन अझै केहि दिन लाग्ने, यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

दैनिकी न्यूज

२८, जेठ २०७७
मनसुन शुरु हुन अझै केहि दिन लाग्ने, यस्तो छ ३ दिनको मौसम पूर्वानुमान
images

काठमाडौं । नेपालमा मनसुन शुरु हुन अझै केहिदिन लाग्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतया नेपालको पूर्वी भु–भागमा आजकै दिन अर्थात जुन–१० मा मनसुन सुरु हुने भएपनि यसवर्ष केहि दिन ढिला गरी मनसुन शुरु हुनेभएको हो ।

हाल देशको बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश नं ५ का सबै भू–भागहरु लगायत प्रदेश १, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडि भु–भागहरुमा र प्रदेश २ का पश्चिम तिरका भु–भागहरुमा सामान्य बदली रहेको छ भने बांकी भु–भागहरुमा आंशिक बदली रहेको छ। प्रदेश ५, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का बर्षा भइरहेको महाशाखाले जनाएको छ।

प्रदेश नं १, प्रेदेश नं २,बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का भू–भागमा सामान्य बदली रही थोरै स्थानहरु साथै कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहि का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तिन दिनको मौसम पूर्वानुमान

जेठ २८ गते (बुधबार)

दिउँसोः प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का भू-भागमा  सामान्य बदली रही बाँकी प्रदेशका भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १,  बाग्मती प्रदेश , गण्डकी प्रदेश तथा प्रदेश नं ५ का थोरै स्थानहरु साथै प्रदेश नं २, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ  सहित हल्का वर्षाको  सम्भावना रहेको छ। 

रातीः प्रदेश १, प्रेदेश नं २,बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का भू-भागमा  सामान्य बदली रही बाँकी प्रदेशका भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का थोरै स्थानहरु साथै कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ  सहित हल्का वर्षाको  सम्भावना रहेको छ। 

जेठ २९ गते (बिहिबार)

दिउँसोः  प्रदेश १, प्रदेश नं २   बाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली  साथै बांकी  प्रदेशहरुमा आंशिक बदली  रहनेछ।प्रदेश १, प्रदेश नं २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेश, सुदुर पश्चिम  प्रदेश,  र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ  सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

रातीः प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश ,प्रदेश नं ५मा सामान्य बदली  तथा कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली  रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश तथा प्रदेश नं ५ का थोरै स्थानमा मेघगर्जन/चट्याङ  सहित हल्का वर्षाको   साथै वांकी प्रदेशका १-२ स्थानहरुमा हल्का वर्षाको समेत संभावना रहेको छ।

जेठ ३० गते (शुक्रबार)

दिउँसोः  प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश ,प्रदेश नं ५ मा सामान्य बदली  तथा कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली  रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश तथा प्रदेश नं ५ का थोरै स्थानमा मेघगर्जन/चट्याङ  सहित हल्का वर्षाको   साथै वांकी प्रदेशका १-२ स्थानहरुमा हल्का वर्षाको समेत संभावना रहेको छ।

रातीः प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५मा सामान्य बदली  तथा कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली  रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको  साथै वांकी प्रदेशका १-२ स्थानहरुमा हल्का वर्षाको समेत संभावना रहेको छ।

images
प्रकाशित मिति :जेठ २८, २०७७ बुधवार - ०६:३६:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology