जनकपुर । धनुषाको सबैलामा गए राति एक युवालाई अज्ञात समुहले घरबाट बाहिर बोलाएर गोली हानी हत्या गरेको छ ।
अज्ञात समूहले एकान्तमा लगेर गोली प्रहार गरी सबैला नगरपालिका ७ लवटोलीका २५ वर्षका हारुन मण्डलको हत्या गरेको प्रहरीले जनाएको छ ।
यसबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएको छ ।