Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रधानमन्त्री मातहत किन राखियो केही कार्यालय ? यसो भन्छन् ओली

प्रधानमन्त्री मातहत किन राखियो केही कार्यालय ? यसो भन्छन् ओली

दैनिकी न्यूज

२८, जेठ २०७७
प्रधानमन्त्री मातहत किन राखियो केही कार्यालय ? यसो भन्छन् ओली
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै अंगको प्रभावकारी परिचालनका लागि केही कार्यालयहरुलाई प्रधानमन्त्री मातहत लाइएको प्रस्ट पारेका छन्।

राष्ट्रिय अनुसन्धान आयोग, सम्पत्ती शुद्धीकरण, राजश्व अनुसन्धान, सतर्कता केन्द्र लगायत निकायहरु प्रधानमन्त्री मातहत ल्याएपछि प्रधानमन्त्री ओलीले शक्ति केन्द्रित गर्न खोजेको आरोप लाग्दै आएको थियो।

बुधबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शक्ति केन्द्रित गर्ने चाहनाले नभई सबै निकायको प्रभावकारी परिचालनका लागि ती कार्यालय प्रधानमन्त्री मातहत ल्याइएको दाबी गरे ।

‘अहिलेको सरकारलाई शक्ति केन्द्रित गर्ने रहर छैन’, प्रधानमन्त्री ओलीले भने, ‘सरकारका सबै निकाय र अंगको प्रभावकारी परिचालनका लागि प्रधानमन्त्री माताहत केही कार्यालय ल्याइएको हो।’

उनले सरकारको तीव्र रुपमा विकास गरेर जनताको विकास निर्माणको चाहना पूरा गर्नु बाहेक अरु इच्छा नभएको बताए। प्रधानमन्त्री मातहत रहेका निकायको काम प्रभावकारिता बढेको उनको दावी थियो।

‘जुन–जुन निकाय प्रधानमन्त्री मातहत ल्याइयो, त्यसको प्रभावकाररिता बढ्यो’, उनले भने।

images
प्रकाशित मिति :जेठ २८, २०७७ बुधवार - १२:५४:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology