Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रधानमन्त्रीले भने- लकडाउन खुकुलो हुन्छ, यी हुन् खोलिन लागेका क्षेत्र

प्रधानमन्त्रीले भने- लकडाउन खुकुलो हुन्छ, यी हुन् खोलिन लागेका क्षेत्र

दैनिकी न्यूज

२८, जेठ २०७७
प्रधानमन्त्रीले भने- लकडाउन खुकुलो हुन्छ, यी हुन् खोलिन लागेका क्षेत्र
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो पार्न लागेको बताएका छन् । बुधबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई विभिन्न क्षेत्रबाट सुझाव आइरहेको भन्दै समयानुकूल ढङ्गले सामाजिक जनजीवन सहज बनाउनेबारे आज बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बताए।

उनले निजी क्षेत्रलाई कोरोनाको परीक्षण गर्न दिनेबारे पनि निर्णय गरिने बताए । ‘लकडाउन सरलीकरण तथा शिक्षाक्षेत्रका असहजता न्यून पार्नेबारे आजै बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्दैछ’, उनले भने।

कोरोनाभाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गर्दै आएको छ । यो लकडाउन जेठ ३२ गतेसम्म जारी छ ।

images
प्रकाशित मिति :जेठ २८, २०७७ बुधवार - १३:२६:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology