Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

दैनिकी न्यूज

२८, जेठ २०७७
सवारी दुर्घटनामा परी सात जनाको मृत्यु
images

काठमाडौं । देशका विभिन्न ठाउँमा भएको सडक दुर्घटनामा परी ७ जनाको मृत्यू भएको छ ।

गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीस्थित सडकमा बा।८१ प १७०३ नम्बर र बा ९४ प ५३६७ नम्बरको मोटरसाइकल मंगलबार साँझ ठक्कर खाई दुर्घटना हुँदा बा ९४ प ५३६७ नम्बरको मोटरसाइकल चालक मकवानपुर थाहा नगरपालिका–२ घर भएका २५ वर्षीय सर्जन नेपालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको दिर्घायु अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बा ९४ प ५३६७ नम्बरको मोटरसाइकलमा सवार गुहेश्वरी बस्ने बर्दिया घर भएका ३२ वर्षीय राम थारूको सोही अस्पतालमा उपचार भइरहेको छ । बा ८१ प १७०३ नम्बरको मोटरसाइकल चालक सहित दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली, घोडाघोडी नगरपालिका–१ स्थित सडकमा बा ८ च २१०० नम्बरको कारले से ५ प ५७०६ नम्बरको मोटरसाइकल र एक साइकललाई मंगलबार साँझ ठक्कर दिँदा साइकल चालक सोही ठाउँ बस्ने २६ वर्षीया सोर्निमा चौधरी र साइकलमा सवार उनकै छोरा ५ वर्षीय कृष्टल चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको घाडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो । से ५ प ५७०६ नम्बरको मोटरसाइकल चालक र सवार २ जनाको गम्भीर अवस्थामा सोही अस्पतालमा उपचार भइरहेको छ । कार र चालक बर्दगोरीया गाउँपालिका(६ बस्ने ४८ वर्षीय राजेन्द्र बहादुर मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कैलाली, गोदावरी नगरपालिका–४ बुढीतोलास्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१००८ प ४०३९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई मंगलबार साँझ दुर्घटनामा हुँदा चालक सोही ठाउँ बस्ने २९ वर्षीय भक्त खनालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी कैलाली, लम्की चुहा नगरपालिका–८ गप्कास्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टरले से ७ प ५९०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक सोही नगरपालिका–९ प्रतापपुर बस्ने ४० वर्षीय टेक राज घिमिरेको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लालरत्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्याक्टरको प्रहरीले खोजी गरिहेको छ ।

सिरहा, धनगढिमाई नगरपालिका–११ छप्रारीस्थित सडकमा ना ३ ख ८८०० नम्बरको ट्याङकरले ना १ ख २३३८ नम्बरको रोकी राखेको ट्याङ्करलाई मंगलबार राति ठक्कर दिँदा दिँदा २३३८ नम्बरको ट्याङ्कर चालक भारत अररिया बथनाहा बस्ने ३५ वर्षीय मो।निजामको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको आरके मेडिसिटि अस्पताल धनगढी हुँदै थप उपचारको लागि बिराटनगर मोरङतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुबै ट्याङ्कर र ना।३ ख ८८०० नम्बरको ट्याङ्कर सहचालकलाई प्रहरीले नियन्त्रणमा लिई हाल फरार सोही ट्याङ्करका चालकको खोजी गरिरहेको छ ।

धनुषा, लक्ष्मीनिया गाउँपालिका–३ गजरियास्थित सडकमा ज १ त ३०४३ नम्बरको बालुवा लोड भएको ट्याक्टरले सोही ठाउँ बस्ने रमेश शर्माको छोरी ३ वर्षीया सम्झना कुमारी शर्मालाई खेलिरहेको अवस्थामा मंगलबार साँझ ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ । टयाक्टर सहित टयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

images
प्रकाशित मिति :जेठ २८, २०७७ बुधवार - १३:४४:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology