Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बिहीबारबाट पसल र निजी सवारी साधन चल्ने, रेष्टुरेण्ट पनि खोल्न दिने (हेर्नुहोस सूचि)

बिहीबारबाट पसल र निजी सवारी साधन चल्ने, रेष्टुरेण्ट पनि खोल्न दिने (हेर्नुहोस सूचि)

दैनिकी न्यूज

२९, जेठ २०७७
बिहीबारबाट पसल र निजी सवारी साधन चल्ने, रेष्टुरेण्ट पनि खोल्न दिने (हेर्नुहोस सूचि)
images

काठमाडौं । सकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै खुकुलो पार्ने निर्णय गरेको छ । उच्चस्तरीय समितिको सिफारिसअनुसार बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले पसल र निजी सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

बैठकले सुरक्षा मापदण्ड अपनाएर सबै प्रकारका पसल सञ्चालन गर्न दिने निर्णय गरेको एक मन्त्रीले बताए । मन्त्रिपरिषद बैठकले निजी सवारी साधन पनि सञ्चालन गर्न दिने निर्णय गरेको छ । यो निर्णय बिहीबारदेखि नै लागू हुनेछ ।

तर, त्यसका लागि जोर विजोर प्रणाली लागु गरेको छ । जोड गते जोड र विजोर गते विजोड नम्बर प्लेट भएका सवारी साधन चल्ने दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । सार्वजनिक सवारी साधन भने अहिले खोलिने छैन ।

हवाई उडान र सार्वजनिक यातायात भने तत्काल नखोल्ने निर्णय भएको छ। गत चैत ११ गतेदेखि जारी लकडाउनले चौतर्फी असर परेपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन दवाव बढ्दै आएको थियो ।

सोही अनुसार सरकारले लकडाउन खुकुलो बनाउने गरी निर्णय गरेको हो । विज्ञहरुले पनि कोरोना महामारी लामो समय जाने देखिएको भन्दै लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाउँदै आएका थिए । सरकारका प्रवक्तासमेत रहेका अर्थ र सञ्चार एवं सुचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले बिहीवारको दिउँसो पत्रकार सम्मेलनमार्फत लकडाउनेको सम्पुर्ण मोडालिटीबारेको निर्णय सार्वजनिक गर्नेछन् ।

त्यस्तै सरकारले रेष्टुरेण्ट पनि खोल्न दिने भएको छ । तर, त्यहा बसेर खान भने पाइने छैन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रेष्टुरेण्टलाई पनि सञ्चालन गर्ने दिने निर्णय गरेको छ ।

rest.jpg

images
प्रकाशित मिति :जेठ २९, २०७७ बिहिवार - ०७:१९:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology