डडेलधुरा । डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–२ मा ७३ वर्षीया वृद्धको हत्या आरोपमा नाति पक्राउ परेका छन्।
सो गाउँपालिकाको कुँवरगाउँ बस्ने २४ वर्षीय रोशनराज गिरीले आफ्नै हजुरआमा राधादेवी गिरीलाई धान कुट्ने काठ ९मुसल०ले बुधबार राति टाउकोमा हिर्काएका थिए।
घाइते वृद्धलाई उपचार क्रममा अस्पताल लैजादा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
रोशनलाई अमरगढी नगरपालिका–११ फिन्नेकोटस्थित लिटिरगाउँको जंगलबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। रासस