Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मौसम पूर्वानुमानः मेघगर्जन/चट्याङसहित वर्षा

मौसम पूर्वानुमानः मेघगर्जन/चट्याङसहित वर्षा

दैनिकी न्यूज

३०, जेठ २०७७
मौसम पूर्वानुमानः मेघगर्जन/चट्याङसहित वर्षा
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु ,पश्चिमको भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व–पश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

हाल प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, प्रदेश २ र सुदुरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश ५ का भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

प्रदेश १, प्रदेश २ ,बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५का केही स्थानहरुमा र कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

जेठ ३० गते (शुक्रबार)

दिउँसोः देशभर प्रदेश १, प्रदेश २, प्रदेश ५, बाग्मती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश २, प्रदेश ५, बाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा  र बाँकी प्रदेशका एक/दुई  स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको  संभावना रहेको छ।

रातीः देशभर सामान्य बदली  रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ सहित वर्षाको  संभावना रहेको छ।

जेठ ३१ गते (शनिबार)

दिउँसोः  देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा  र बाँकी प्रदेशका एक/दुई  स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको  संभावना रहेको छ।

रातीः  देशभर आंशिक देखि सामान्य बदली  रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित वर्षाको संभावना रहेको छ।

जेठ ३२ गते (आइतबार)

दिउँसोः  देशभर सामान्य बदली  रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा  र बाँकी प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ  सहित वर्षाको   संभावना रहेको छ।

रातीः  देशभर सामान्यदेखि पुर्ण बदली  रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको  संभावना रहेको छ । प्रदेश १ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

images
प्रकाशित मिति :जेठ ३०, २०७७ शुक्रवार - ०७:२६:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology