Logo

सोमवार, श्रावण २५ गते २०८३

images

भक्तपुरमा बगाएको चालकको शव ललितपुरको घुसेलमा भेटियो

भक्तपुरमा बगाएको चालकको शव ललितपुरको घुसेलमा भेटियो

दैनिकी न्यूज

३०, जेठ २०७७
भक्तपुरमा बगाएको चालकको शव ललितपुरको घुसेलमा भेटियो
images

ललितपुर । भक्तपुर–१ चुनदेवीमा अरनिको राजमार्गको सर्भिस ट्रयाकमा पानी जान बनाएको ढलमा पानीको बेगले हानेर ढलभित्र छिरेका ट्रक चालकको शव बिहीबार ललितपुरमा भेटिएको छ ।

बागमती गाउँपालिका वडा नं. १ घुसेल भन्ने ठाउँमा शव मकवानपुरका स्थानीय मानिसले देखेपछि प्रहरीलाई खबर गरी पहिचान गर्दा सिन्धुली रानीचुरी स्थायी घर भई हाल हेटौँडा नगरपालिका–९ बस्ने ५७ वर्षीय चालक नरबहादुर राउतको शव भेटिएको हो ।

स्थानीयले खबर गरेपछि महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी निरीक्षक राजेन्द्र थापा नेतृत्वको टोली घटनास्थल गएको थियो ।

ढलबाट छिरेदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले हनुमन्तेखोला हुँदै ललितपुर र काठमाडौँको नदीमा खोजीकार्य जारी राखेका थिए ।

बिहीबार स्थानीयवासीले शव देखेपछि प्रहरीले मृतकको आफन्तमार्फत शवको पहिचान गरी पोष्ट मार्टमका लागि पाटन हस्पिटल पठाएको प्रहरी वृत्त चापागाउँका डीएसपी कृष्णराज ओझाले जानकारी दिए । राउत बेपत्ता भएपछि भक्तपुर परीसरले महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई जानकारी गराएको थियो । रानीपोखरीको परिपत्र, उपलब्ध फोटो र उनका आफन्त आएपछि राउतको शवको पहिचान भएको ओझाको भनाई छ ।

images
प्रकाशित मिति :जेठ ३०, २०७७ शुक्रवार - ०९:३३:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology